SHARE
बुटवल टुडे · मङगलबार ३ भौ २०८२ ०८:५१ AM · 1 मिनेट पढाइ

उपसभामुख हटाउने तयारीपछि विपक्षी दलहरू बैठक बस्दै

काठमाडौं, ३ भदौ । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानालाई हटाउने सत्तारुढ गठबन्धनको तयारीपछि विपक्षी दलहरू संयुक्त छलफलमा जुट्न लागेका छन् । त्यसैअनुसार नेकपा माओवादी केन्द्रको संसदीन दल कार्यालयमा आज दिउँसो साढे २ बजे विपक्षी दलहरूको बैठक बोलाइएको छ ।