SHARE
बुटवल टुडे · मङगलबार ३ भौ २०८२ १२:३४ PM · 1 मिनेट पढाइ

दाङमा जापनिज इन्सेफ्लाइटिसबाट एकको मृत्यु, ३ सङ्क्रमित

लमही , ३ भदौ । दाङमा जापनिज इन्सेफ्लाइटिस (जेई) का कारण एक जनाको मृत्यु भएको छ भने थप तीन जनामा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय दाङका किटजन्य सरुवा रोग फोकल पर्सन कमल चन्दका अनुसार राप्ती गाउँपालिका–१ का ६० वर्षीय पुरुषको जेई सङ्क्रमणका कारण निधन भएको हो ।