SHARE
बुटवल टुडे · शनिबार ३१ साउन २०८२ १२:२३ AM · 1 मिनेट पढाइ

दाङमा बाह्र हजारलाई कोभिड–१९ खोप लगाइने

दाङ, ३१ साउन । दाङमा आगामी भदौ २ गतेदेखि ४ गतेसम्म करिब १२ हजार जनालाई कोभिड–१९ विरुद्धको खोप लगाइने भएको छ। यस अभियानअन्तर्गत १२ वर्ष माथिका बालबालिका, बयस्क तथा ज्येष्ठ नागरिकलाई खोप दिइने जिल्ला स्वास्थ्य कार्यालय दाङले जनाएको छ। कार्यालयले सोमबार घोराहीमा पत्रकारहरुसँग आयोजित अभिमुखीकरण कार्यक्रममा खोप अभियानबारे जानकारी गराएको हो।