SHARE
बुटवल टुडे · शनिबार ३१ साउन २०८२ १२:३१ AM · 1 मिनेट पढाइ

सर्लाहीमा गोली हानेर एक जनाको हत्या

सर्लाही । सर्लाहीमा अपरिचित व्यक्तिले गोली प्रहार गर्दा एक जनाको मृत्यु भएको छ। शुक्रबार राति आठ बजेर २० मिनेट जाँदा हरिपूर्वा नगरपालिका- ६ घर भएका ४० वर्षीय रामपुकार यादवलाई दुई जनाको संख्यामा आएका अपरिचित व्यक्तिले गोली हानेर हत्या गरेका हुन्।