SHARE
बुटवल टुडे · शनिबार ३१ साउन २०८२ ०५:३७ AM · 1 मिनेट पढाइ

कार्यपालिका बैठकमा जुहारी : हस्ताक्षर नगरेपछि बैठक स्थगित

नवलपरासी-बर्दघाट । बर्दघाट नगरपालिकाको शुक्रबार बसेको कार्यपालिका बैठक बिना निष्कर्ष स्थगित भएको छ । सुरुमै आ आफ्नो समयमा बोल्ने वडा अध्यक्षहरूले विभिन्न विषयमा असहमति जनाएपछि कार्यपालिका बैठक स्थगित भएको हो । विमति जनाउँदै वडा अध्यक्षहरूले हस्ताक्षर गर्न नमानेपछि निर्णयमा गणपूरक सङ्ख्या नपुग्ने भएपछि बैठक स्थगित भएको नगरप्रमुख शम्भुलाल श्रेष्ठले बताए ।