SHARE
बुटवल टुडे · शनिबार ३१ साउन २०८२ ०६:१४ AM · 1 मिनेट पढाइ

दाङमा आज धूमधामका साथ अष्टिम्की  पर्व मनाइँदै

 दाङ, ३१ साउन । दाङ लगायत पश्चिम नेपालका थारु समुदायका महिलाहरूले आज धूमधामका साथ अष्टिम्की  पर्व मनाउँदै छन् ।  थारु समुदायका  महिलाहरूले  महान् पर्वका रूपमा यो  पर्व मनाउने गर्छन् । श्रीकृष्ण जन्माष्टमीलाई  थारु समुदायका महिलाहरूले (अष्टिम्की) को रूपमा मनाउँदै आएका छन् । श्रीकृष्ण जन्माष्टमीलाई  थारु भाषामा ‘अष्टिम्की’ भन्ने गरिन्छ ।