SHARE
बुटवल टुडे · शनिबार ३१ साउन २०८२ ०९:२५ AM · 1 मिनेट पढाइ

मगर महिला संघको मातृ भाषा जागरण अभियान, बुटवलमा पाँच भाषाका कविता वाचन

बुटवल । नेपाल मगर महिला संघ रुपन्देहीले सञ्चालन गरेको मातृ भाषा जागरण अभियान अन्तरगत शनिबार बुटवलमा कविता बाचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न पाँचवटा एकल जातीय मातृभाषामा कविता बाचन गरिएको थियो ।