SHARE
बुटवल टुडे · शनिबार ३१ साउन २०८२ ११:१५ AM · 1 मिनेट पढाइ

रवि लामिछानेलाई बुद्ध एयरबाट काठमाडौं लगियो

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने भैरहवाबाट काठमाडौं उडेका छन् । बुद्ध एयरको विमानबाट उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नख्खु कारागार लगिंदैछ । उनलाई ल्याउने ललितपुरको नख्खु कारागार समर्थकहरू जम्मा हुन थालेका छन् । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा  पुर्पक्षका लागि लामिछाने गत चैत २५ देखि रुपन्देही कारगारमा थिए ।