SHARE
बुटवल टुडे · शनिबार ३१ साउन २०८२ ११:५७ AM · 1 मिनेट पढाइ

शुद्धोधनमा कराते बेल्ट टेस्ट तथा ग्रेडिङ सम्पन्न

बुटवल, ३१ साउन । जापान गजुरियो कराते डो क्यानवाकाई नेपाल सघ रूपन्देहीको आयोजनामा रुपन्देहीमा कराते बेल्ट टेस्ट तथा ग्रेडिङ कार्यक्रम सम्पन्न भएको छ । फर्साटिकरस्थित रिद्धिसिद्धि पार्टी प्यालेसमा शनिबार भएको कार्यक्रममा करिब ११० जना विभिन्न बेल्टका कराते विद्यार्थीहरूको सहभागिता रहेको थियो ।