SHARE
बुटवल टुडे · शुक्रबार​ ३० साउन २०८२ ०३:१० AM · 1 मिनेट पढाइ

बुढेसकालमा सहारा बने कवाड

लमही, ३० साउन । उमेरले साढे ६ दशक पार गरेका दाङको लमही नगरपालिका–४ अर्नहवाका चक्र बहादुर कुमाल र ६३ वर्षकी पुतली कुमाल दम्पतीको बुढेसकालमा सहारा कवाड बनेको छ । बुढौली टेकेकाहरू छोरा छोराछोरीको सहारा खोज्नेहरूलाई सन्देश दिँदै हात चल्नसम्म आफै कमाउनु पर्छ भन्दै उनीहरू कवाड बटुल्न तल्लीन देखिन्छन् ।