SHARE
बुटवल टुडे · शुक्रबार​ ३० साउन २०८२ ०४:१९ AM · 1 मिनेट पढाइ

सन्तानको दीर्घायुको कामना गर्दै तिनछठ्ठी पर्व

भैरहवा, ३० साउन । पश्चिम तराईमा सन्तानको दीर्घायुको कामना सहित मनाइने पर्व तिनछठ्ठी  उल्लासमय वातावरणमा मनाइँदै छ ।  भैरहवा सहित यस आसपासका क्षेत्रहरू धकधई, बेथरी, मर्चवार लगायतमा व्रतालु महिलाहरूले यो पर्व मनाइरहेका छन् । महिलाहरू समूहमा जम्मा भई नजिकैको खोलामा स्नान गर्ने र सामूहिक रूपमै कुशको पूजा गरी यो पर्व मनाइरहेका छन् ।