SHARE
बुटवल टुडे · शुक्रबार​ ३० साउन २०८२ ०७:३२ AM · 1 मिनेट पढाइ

सर्पको टोकाइबाट बालकको मृत्यु

लमही ,३० साउन । दाङको देउखुरीमा सर्पले डसेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका वडा नम्बर ४ मझनीगढ निवासी राजु अधिकारीका ९ वर्षीय छोरा संस्कार अधिकारी रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।