SHARE
बुटवल टुडे · शुक्रबार​ ३० साउन २०८२ ०९:२४ AM · 1 मिनेट पढाइ

ज्यान मार्ने उद्योगको मुद्दामा १ लाख १० हजार धरौटी बुझाएर रिहा भए चक्रे

काठमाडौं । गुन्डा नाइकेको रूपमा परिचित चक्रे मिलन (मिलन गुरुङ) लाई जिल्ला अदालत भक्तपुरले १ लाख १० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले आज शुक्रबार चक्रेको मुद्दामा बयान सुनेर थुनछेक आदेश जारी गरेको हो ।