SHARE
बुटवल टुडे · शुक्रबार​ ३० साउन २०८२ ०९:३७ AM · 1 मिनेट पढाइ

नक्कली प्रमाणपत्र प्रकरणः अशोक कुमार साहलाई ६ महिना कैद र १० हजार जरिवाना

बुटवल, ३० साउन । नक्कली प्रमाणपत्र प्रस्तुत गरेको आरोपमा अशोक कुमार साहलाई अदालतले ६ महिनाको कैद र १० हजार रुपियाँ जरिवाना तोकेको छ । विशेष अदालतले बुधबार फैसला सुनाउँदै, साहले २०६९ कात्तिक २५ मा राष्ट्रिय प्राथमिक विद्यालयमा राहत शिक्षक पदमा नियुक्ति पाउँदा पेश गरेको शैक्षिक प्रमाणपत्र नक्कली रहेको पुष्टि भएको जनाएको छ ।