SHARE
बुटवल टुडे · शुक्रबार​ ३० साउन २०८२ १०:४७ AM · 1 मिनेट पढाइ

नर्दन टेरिटोरीले दियो नेपाललाई १७८ रनको लक्ष्य

काठमाडौँ । टप इन्ड टी–२० सिरिजअन्तर्गत नर्दन टेरिटोरी स्ट्राइकर्सले नेपालविरुद्ध २० ओभरमा ८ विकेट गुमाएर १७७ रन बनाएपछि नेपाललाई १७८ रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि नर्दन टेरिटोरीले ब्याटिङ थालेको थियो । नर्दन टेरिटोरीका लागि ओपनर डिआर्सी सर्टले सर्वाधिक ५१ रन बनाए ।