SHARE
बुटवल टुडे · शुक्रबार​ ३० साउन २०८२ ११:२३ AM · 1 मिनेट पढाइ

साउदी अरबबाट पनि श्रम वैधानिकीकरण सुरु

काठमाडौँ, ३० साउन । श्रम स्वीकृति नलिई साउदी अरेबियामा कार्यरत नेपालीहरूको श्रम वैधानिकीकरण कार्य श्रावण ३० गतेबाट सुरु भएको छ ।  नेपाली दूतावास रियादले आज एक समारोहको आयोजना गरी आठ वर्ष देखि रियादमा कार्यरत अजय दंगालको बायोमेट्रीक लिई राजदूत डा.नरेश विक्रम ढकालले श्रम वैधानिकीकरणलाई औपचारिकता दिएका छन् ।