SHARE
बुटवल टुडे · शुक्रबार​ ३० साउन २०८२ ११:३२ AM · 1 मिनेट पढाइ

डेंगु सङ्क्रमणका कारण काठमाडौँकी २४ वर्षीया युवतीको मृत्यु

काठमाडौँ । डेंगु सङ्क्रमणका कारण काठमाडौँकी २४ वर्षीया युवतीको मृत्यु भएको छ ।  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत ती युवतीको बुधबार निधन भएको अस्पतालले जनाएको छ । कालीमाटी निवासी ती युवतीलाई कुनै दीर्घरोग नदेखिएको भए पनि डेंगु सङ्क्रमण गम्भीर बन्दै गएपछि उपचारका क्रममा ज्यान गएको हो ।