लागुऔषध कारोबार नियन्त्रणका क्रममा प्रहरीले चलायो गोली
बाँके, ३० साउन । नेपालगञ्ज उपमहानगरपालिका–४ मा लागुऔषध कारोबारमा संलग्न समूहलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीले गोली चलाएको छ । लागुऔषध नियन्त्रण ब्युरो, नेपालगञ्ज शाखाबाट खटिएको टोलीले शंका लागेपछि एक समूहलाई खानतलासी गर्ने क्रममा प्रहरीमाथि इँटा प्रहार भएपछि आत्मरक्षाको लागि गोली चलाउन बाध्य भएको हो । घटनापछि प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
