SHARE
बुटवल टुडे · बिहीबार २९ साउन २०८२ १२:५६ AM · 1 मिनेट पढाइ

२२ लाख नगद र ब्राउन सुगरसहित युवक पक्राउ

नेपालगञ्ज, २९ साउन । बाँकेके  प्रहरीले २२ लाख रुपैयाँभन्दा बढी नगद र लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र लागुऔषध नियन्त्रण ब्यूरो, नेपालगञ्ज शाखाबाट खटिएको टोलीले मंगलबार राति नेपालगञ्ज–१४ उदयपुर निवासी २८ वर्षीय रमेश लोनियाको घरमा छापा मारेको थियो ।