SHARE
बुटवल टुडे · बिहीबार २९ साउन २०८२ ०६:२४ AM · 1 मिनेट पढाइ

सुन प्रति तोला १ लाख ९६ हजार बढीमा कारोबार हुदैँ

काठमाडौं, २९ साउन । आज पनि सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले वृद्धि भएको हो । जसअनुसार छापावाल सुन तोलामा १ लाख ९६ हजार ८ सय रुपैयाँ कायम भएको छ भने बुधबार तोलामा १ लाख ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।