SHARE
बुटवल टुडे · बिहीबार २९ साउन २०८२ ०८:३० AM · 1 मिनेट पढाइ

रवि लामिछानेलाई राखिएको बन्दीगृहको झ्यालबाट प्लाइउड हटाइयो

काठमाडौं, २९ साउन । रुपन्देही कारागारमा संगठित सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेलाई राखिएको बन्दीगृहमा झ्यालमा राखिएको प्लाइउड हटाई जाली राखिएको छ । कारागारमा रहेका बन्दीहरूलाई दिइएको सेवा सुविधाबारे सञ्चारमाध्यममा निरन्तर समाचार आउन थालेपछि कारागार कार्यालय रुपन्देहीले सार्वजनिक सूचना जारी गर्दै स्पष्ट पारेको हो ।