टप एन्ड टी–२०पछि नेपालले अस्ट्रेलियामा थप ५ अभ्यास खेल खेल्ने
काठमाडौं । टप एन्ड टी–२० शृङ्खलामा सहभागी हुन अस्ट्रेलिया पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले उक्त शृङ्खलापछि थप पाँच अभ्यास खेल खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपालले अस्ट्रेलियाका स्थानीय क्लबसँग ४ वटा टी–२० र १ एकदिवसीय अभ्यास खेल खेल्नेछ । क्यानले जनाएअनुसार नेपालले क्रिकेट एसीटी र साउथ अस्ट्रेलिया टिमसँग प्रतिस्पर्धा गर्नेछ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
