SHARE
बुटवल टुडे · बिहीबार २९ साउन २०८२ १०:४९ AM · 1 मिनेट पढाइ

 शृङ्गारिक चलिरहेको धारापानीमा भोली करोड दीप प्रज्वलन हुने 

दाङ,२९ साउन ।  दाङको घोराही उपमहानगरपालिका -५ धर्ना स्थित प्रसिद्ध धार्मिक स्थल पाण्डवेश्वर महादेव धाम धारापानीमा साउन ३० गते  (भोली)करोड दीप प्रज्वलन गरिने भएको छ । साउन १ गतेदेखि सुरु भएको शिवपुराण एवं शृङ्गारिक महाआरतीको औपचारिक समापन हुनु अघिल्लो दिन भक्तजन र मन्दिरको तर्फबाट सङ्कलन गरिएको  एक करोड दीप प्रज्वलन गर्न थालिएको हो ।