SHARE
बुटवल टुडे · बिहीबार २९ साउन २०८२ ११:३६ AM · 1 मिनेट पढाइ

अवरुद्ध रिडी‐तम्घास सडक सुचारु

गुल्मी, २९ साउन  । लगातारको वर्षाका कारण पहिरो जाँदा अवरुद्ध मदनभण्डारी राजमार्ग अन्तर्गत गुल्मीको रिडी–तम्घास सडक सञ्चालनमा आएको छ । उक्त सडकखण्ड अन्तर्गत रुरुक्षेत्र गाउँपालिका –३ स्थित बाख्रे भीरमा सडक माथिबाट पहिरो खसेपछि बिहीबार बिहानबाट सडक पूर्ण रुपमा अवरुद्ध बनेको थियो ।