SHARE
बुटवल टुडे · बिहीबार २९ साउन २०८२ ०१:०३ PM · 1 मिनेट पढाइ

ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाद्वारा रक्तदान

बुटवल, २९ साउन ।ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको ११औँ वार्षिकोत्सवको अवसरमा प्रधान कार्यालय बुटवलमा वृहत रक्तदान कार्यक्रम आयोजना गरिएको छ। विहीबार नेपाल रेडक्रस सोसाइटी बुटवल रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा आयोजित उक्त कार्यक्रममा संस्थाका कर्मचारी तथा अन्य व्यक्तिहरूले सक्रिय सहभागिता जनाएका थिए।