SHARE
बुटवल टुडे · बिहीबार २९ साउन २०८२ ०२:०३ PM · 1 मिनेट पढाइ

बागमतीका मेयर थापा भ्रष्टाचार मुद्दामा दोषी ठहर, ८ वर्ष कैद र १० करोड असुल गर्ने फैसला

काठमाडौँ । सर्लाहीको बागमती नगरपालिकाका प्रमुख भरत थापालाई ८ वर्ष कैदको फैसला सुनाइएको छ। विशेष अदालतले बिहीबार थापासहित अधिकृत विमलकुमार पोखरेल र योजना शाखा प्रमुख सागर पौडेललाई नदीजन्य पदार्थ हिनामिना गरी भ्रष्टाचार गरेको ठहर गर्दै सजाय सुनाएको हो। उनीहरूलाई जनही ८ वर्षका दरले कैद तोकिएको छ।