SHARE
बुटवल टुडे · बिहीबार २९ साउन २०८२ ०२:१२ PM · 1 मिनेट पढाइ

बेबारिसे शव फेला 

पाल्पा , २९ साउन । तानसेन नगर र वगनासकाली सिमाना हुँदै माडी फाट तर्फ बग्ने चालिसे खोलामा विहीबार एक पुरुषको शव फेला परेको छ । अन्दाजी ३०, ३२ वर्ष उमेरको पुरुषको शव स्थानीयले देख्नासाथ प्रहरीलाई खबर गरेका थिए । प्रहरीले पोष्टमार्टमका पाल्पा अस्पतालमा पुर्याएको र यस विषयमा थप अनुसन्धान जारी रहेको जनाएको छ ।