SHARE
बुटवल टुडे · बिहीबार २९ साउन २०८२ ०२:४७ PM · 1 मिनेट पढाइ

जिल्ला प्रशासनद्वारा सतर्कता अपनाउन आग्रह

गुल्मी, २९ साउन । जिल्ला प्रशासन कार्यालय गुल्मीले जिल्लाभर निरन्तर रुपमा वर्षा भैरहेको भन्दै सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ । कार्यालयद्वारा जारी सूचनामा “बाँचौ र बँचाऔं, समन्वय र सहयोग गरौं” भन्र्दैै आगामी केही दिन अझै भारी वर्षाको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको हो ।