SHARE
बुटवल टुडे · सोमबार २६ साउन २०८२ ०७:३३ AM · 1 मिनेट पढाइ

हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा रियाशा र अन्शिकाको सफलता

भैरहवा, २६ साउन । थाइल्यान्डमा सम्पन्न भएको आठौँ हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालले शानदार प्रदर्शन गरेको छ। यस प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै रूपन्देहीका दुई प्रतिभाशाली खेलाडी रियाशा यादव र अन्शिका यादवले सफलता प्राप्त गरेका छन् । प्रतियोगितामा रियाशाले दुई विधामा पदक जित्न सफल भइन्।