SHARE
बुटवल टुडे · सोमबार २६ साउन २०८२ ०९:०० AM · 1 मिनेट पढाइ

मनाङमा वन्यजन्तुको आक्रमण तीव्र, एक वर्षमै ८७ पशुधनको क्षति

मनाङ ।  हिमाली जिल्ला मनाङमा पछिल्ला वर्षहरूमा वन्यजन्तुको आक्रमणबाट पशुधनमा हुने क्षति उल्लेख्य रूपमा बढ्दै गएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले जनाएको छ। आर्थिक वर्ष २०८१/८२ मा मात्रै याकचौरी, बाख्रा, च्याङ्ग्रा, गाई, गोरु र घोडालगायत ८७ वटा पशुचौपाया वन्यजन्तुको आक्रमणमा परेर मरेका छन् ।