SHARE
बुटवल टुडे · सोमबार २६ साउन २०८२ ०९:०८ AM · 1 मिनेट पढाइ

गाजा कब्जा गर्ने नेतान्याहु योजनाको विरोधमा हजारौँ इजरायली सडकमा

तेलअहिव, २६ साउन । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले शुक्रबार इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले गाजा सहरलाई नियन्त्रण गर्ने योजनालाई अनुमोदन गरेको पुष्टि गरे पछि जनता सडकमा उत्रिएका छन् ।इजरायलको यो योजनाको विश्वभरका सङ्गठनहरूले निन्दा गरेका छन्, अब इजरायलमा नै यसको दिन दिनै विरोध सुरु भएको छ ।