SHARE
बुटवल टुडे · सोमबार २६ साउन २०८२ ०९:५० AM · 1 मिनेट पढाइ

तोकिएको स्थानमा नपुगेपछि गृह मन्त्रालयको कडाइ, १४ कर्मचारीको हाजिरी काटियो

काठमाडौँ  । गृह मन्त्रालयले तोकिएको स्थानमा हाजिर नभएका १४ जना कर्मचारीको हाजिरी काटेको छ। साउन १५ गते २४ घण्टे समयसीमा तोकेर पठाइएको पत्रको अवज्ञा गरेपछि मन्त्रालयले रजिस्टर र ई-हाजिरी दुवै काट्ने निर्णय लिएको हो । कर्मचारी प्रशासन महाशाखाका अनुसार एक महिनासम्म सरुवा गरिएको ठाउँमा नपुगेका २३ कर्मचारीमध्ये ८ जना मात्र सम्बन्धित कार्यालयमा हाजिर भएका थिए।