SHARE
बुटवल टुडे · सोमबार २६ साउन २०८२ ११:०९ AM · 1 मिनेट पढाइ

नेप्से २७.९० अंकले घट्यो, कारोबार रकम बढेर १० अर्ब नाघ्यो

 काठमाडौं, २६ साउन । नेपाली सेयर बजारमा सोमबार केही उत्साहजनक संकेत देखिए पनि त्यसले लामो समय टिक्न सकेन । कारोबारको सुरुवातमा नेप्से सूचक हरियालीतर्फ उन्मुख भए पनि त्यसले गति कायम राख्न सकेन । ११:३२ बजेसम्म बजारले २८७५ अंक छुँदै दिनको उच्च बिन्दु बनायो, तर त्यसपछि बजारले पछिल्लो केही समययता देखाउँदै आएको अस्थिरता दोहोर्‍यायो ।