SHARE
बुटवल टुडे · सोमबार २६ साउन २०८२ ०१:१० PM · 1 मिनेट पढाइ

रवि लामिछानेलाई थुनामै राख्न आदेश, जिल्ला अदालतबाट निवेदन अस्वीकार

बुटवल, २६ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न रूपन्देही जिल्ला अदालतले अस्वीकार गरेको छ। न्यायाधीश नारायण सापकोटाको इजलासले लामिछानेको मागबमोजिम नहुने आदेश गरेको हो। लामिछानेले बुटवलको सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दाको बिगो दाबीबाट छुटकारा दिलाई थुनामुक्त गर्न माग गरेको निवेदनमाथिको बहसपछि यस्तो आदेश आएको हो।