SHARE
बुटवल टुडे · सोमबार २६ साउन २०८२ ०२:३१ PM · 1 मिनेट पढाइ

मायादेवी साझेदारी वनलाई देशमै तेस्रो पुरस्कार

कपिलवस्तु, २६ साउन । कपिलवस्तु जिल्लाको मायादेवी साझेदारी वन उपभोक्ता समूह देशभरमै तेस्रो भई पुरस्कृत भएको छ । साझेदारी वनको संरक्षण, संबद्र्धन, दिगो उपयोग, बातावरण सन्तुलन तथा जैविक बिबिधता संरक्षणमा एवं गरिबी न्यूनिकरणमा उल्लेखनीय कार्य गरेकामा सामुदायिक वन दिवश २०८२ को अवसर पारेर साझेदारी वन सम्मानित भएको हो ।