SHARE
बुटवल टुडे · मङगलबार २७ साउन २०८२ १२:३८ AM · 1 मिनेट पढाइ

मनसुनको न्यूनचापीय रेखा तराईनजिक, व्यापक वर्षाको सम्भावना

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अर्थात् नेपालको तराईनजिक भएसँगै यहाँ मौसम बदली र वर्षा हुने क्रम फेरि बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (साउन २७, मंगलबार) दिउँसो र राति पनि देशभर मौसम बदली तथा देशका विभिन्न स्थानमा मध्यमदेखि भारीसम्म वर्षा हुने सम्भावना छ।