SHARE
बुटवल टुडे · मङगलबार २७ साउन २०८२ ०४:१४ AM · 1 मिनेट पढाइ

मुसिकोटमा ८५ प्रतिशत घरधुरीमा ‘एक घर एक धारा’ अभियान सफल

गुल्मी, २७ साउन ।  गुल्मीको मुसिकोट नगरपालिकाले एक घर एक धारा कार्यक्रमलाई तीव्रता दिँदै आएको छ । नागरिकको मुख्य आधारभूत आवश्यकताको रूपमा रहेको खानेपानीको स्थायी समाधानका लागि ‘एक घर एक धारा’ कार्यक्रमलाई प्राथमिकताका साथ कार्यान्वयन गर्दै आएको नगरपालिकाले जनाएको छ ।