नक्कली भुटानी शरणार्थी प्रकरण: खाण र रायमाझीसहितको मुद्दा न्यायाधीश कार्कीको इजलासमा
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा आज सुनुवाइ हुँदै छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा मुद्दाको सुनुवाइ हुन लागेको हो। यो मुद्दामा थुनामा रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, थापाका छोरा प्रतीक थापा, तत्कालीन गृहसचिव टेकराज पाण्डेसहित ३६ जना प्रतिवादी छन्।
