SHARE
बुटवल टुडे · मङगलबार २७ साउन २०८२ ०१:५५ PM · 1 मिनेट पढाइ

कुटपिटबाट युवकको मृत्यु

पाल्पा, २७ साउन । रिब्दीकोट गाउँपालिकाको पालुङमौनादीमा ४० वर्षीय राम बहादुर अर्घालीको कुटपिटको कारण मृत्यु भएको छ । उनलाई छिमेकी झपेन्द्र बहादुर खाम्चाले घरयासी विवादका कारण कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएका अर्घालीको मिसन अस्पतालमा उपचार गरी सोमबार घर फर्किएको र त्यसै दिन राति उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।