SHARE
बुटवल टुडे · मङगलबार २७ साउन २०८२ ०२:५२ PM · 1 मिनेट पढाइ

एमालेका उम्मेदवारको टुङ्गो लगाउने जिम्मा पदाधिकारीलाई

बुटवल, २७ साउन । नेकपा एमाले रुपन्देहीले क्षेत्र नं. ३ को आसन्न उपनिर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाउन जिल्लाका पदाधिकारीलाई जिम्मा दिएको छ। यसअघि बसेको पार्टीको निर्वाचन क्षेत्र नं. ३ को बैठकले निर्वाचनका लागि ४ जना आकांक्षीहरूको नाम जिल्ला कमिटीमा सिफारिस गरेको थियो।