SHARE
बुटवल टुडे · मङगलबार २७ साउन २०८२ ०३:०१ PM · 1 मिनेट पढाइ

बेचिएका नागरिकलाई स्वदेश फर्काएर आत्मनिर्भर बनाउनु पर्छ – मन्त्री तिमिल्सिना

बुटवल, २७ साउन । रुपन्देहीको तिलोत्तमामा आयोजित मानव बेचबिखन विरुद्ध राष्ट्रिय प्रतिवेदन तयारी सम्बन्धी परामर्श कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले मानव बेचबिखन जस्तो संवेदनशील विषयमा जनप्रतिनिधिहरू स्वयं सचेत र प्रतिबद्ध हुनुपर्नेमा जोड दिए।