देवदहमा बालगोपाल सिसमहल निर्माण सम्पन्न
देवदह, २८ साउन । रूपन्देही देवदहको शित्तलनगरमा रहेको दूर्गा मन्दिर संरक्षण समितिले निर्माण गरेको बालगोपाल सिस महलको निर्माण सम्पन्न भएको छ । सिस महलको शिलन्यास गरिएको एक वर्षमा निर्माण सम्पन्न गरिएको हो । सिस महलको निर्माण सम्पन्नसँगै यहि साउनको ३१ गते श्रीकृष्ण जन्माष्टमीका दिनमा उद्घाटन गरिने कार्यक्रम समेत रहेको मन्दिर संरक्षण समितिले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
