SHARE
बुटवल टुडे · बुधबार २८ साउन २०८२ ०७:०८ AM · 1 मिनेट पढाइ

सिन्धुपाल्चोकमा डीएसपी र भान्सेबीच विवाद, डीएसपीलाई आक्रमण गर्ने भान्से बर्खास्त

बुटवल, २७ साउन । सिन्धुपाल्चोकमा जिल्ला प्रहरी कार्यालयका डीएसपी माधव राज खरेल र कार्यालय सहयोगी (भान्से) शंकर कार्कीबीच विवाद भएको छ। घटनापछि कार्कीलाई प्रहरी नियमावलीअनुसार बर्खास्त गरिएको प्रहरीले जनाएको छ। डीएसपी खरेलका अनुसार साउन २२ गते समयमै खाना नबनाएको भन्दै कार्कीलाई सोधपुछ गर्दा उल्टै कार्कीले प्लेटले आक्रमण गरेका थिए। यसक्रममा खरेल घाइते भएको दाबी छ।