नेकपा एसकी केन्द्रीय सदस्य उमा काफ्ले एमालेमा
दाङ– नेकपा (एकीकृत समाजवादी) की केन्द्रीय सदस्य उमा काफ्ले नेकपा (एमाले) मा प्रवेश गरेकी छिन । दाङको लमहीमा सुरु भएको नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीको पाँचौं पूर्ण बैठकमा काफ्लेलाई एमाले केन्द्रीय सचिव तथा प्रदेश इञ्चार्ज पद्मा अर्यालले पार्टीमा प्रवेश गराएकी हुन । रुपन्देहीकी महिला नेतृ काफ्ले सिद्धार्थनगर नगरपालिकाकी पूर्व उपप्रमुख समेत हुन ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
