SHARE
बुटवल टुडे · बुधबार २८ साउन २०८२ ०७:३९ AM · 1 मिनेट पढाइ

माछा पोखरीमा डुबेर गुल्मीमा एक व्यक्तिको मृत्यु

गुल्मी, २८ साउन  ।  माछा पोखरीमा डुबेर गुल्मीमा एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा  चन्द्रकोट गाउँपालिका ‐ ८ रजालीटोल बस्ने ४५ वर्षीय तुल्सी बहादुर क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।