SHARE
बुटवल टुडे · बुधबार २८ साउन २०८२ ०८:०४ AM · 1 मिनेट पढाइ

पहिरोका कारण काली गण्डकी कोरिडोर र रिडी– वामी सडक अवरुद्ध

गुल्मी,२८ साउन ।  अविरल वर्षाका कारण पहिरो खस्दा गुल्मीको काली गण्डकी कोरिडोर  र रिडी– वामी सडक अवरुद्ध भएका छन् । काली गण्डकी कोरिडोरको रिडी– पुर्तिघाट सडक खण्डको काली गण्डकी गाउँपालिका  वडा नम्बर दुईको राक्सेमा सडक माथिबाट पहिरो खसेका कारण सडक अवरुद्ध भएको हो ।