SHARE
बुटवल टुडे · बुधबार २८ साउन २०८२ ०८:४१ AM · 1 मिनेट पढाइ

विष्णु माझीको नयाँ तीज गीत ‘म त नराउरी’ सार्वजनिक

काठमाडौं । लोकप्रिय लोक तथा दोहोरी गायिका विष्णु माझीले यस वर्षको तीजका लागि नयाँ गीत ‘म त नराउरी’ सार्वजनिक गरेकी छन् । बुधबार बिहान युट्युबमार्फत सार्वजनिक गरिएको यो गीतलाई ‘पुतलीको भट्टी’ भाग २१ को रूपमा प्रस्तुत गरिएको छ। गायिका माझीका श्रीमान् सुन्दरमणि अधिकारीले गीतको शब्द र संगीत संयोजन गरेका छन् ।