SHARE
बुटवल टुडे · बुधबार २८ साउन २०८२ ०८:५४ AM · 1 मिनेट पढाइ

सुनको मूल्य घट्दा चाँदी बढ्यो

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज सामान्य मूल्य हेरफेर भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज (बुधबार) सुनको भाउ तोलामा एक सय रुपैयाँले घटेको छ। घटेर अहिले तोलाको एक लाख ९६ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो (मंगलबार) सुनको मूल्य एक लाख ९६ हजार आठ सय रुपैयाँ थियो।