SHARE
बुटवल टुडे · बुधबार २८ साउन २०८२ ०९:०७ AM · 1 मिनेट पढाइ

सहकारी ठगी प्रकरणमा राजनीतिक प्रतिशोधको भाष्य जबरजस्ती बनाइँदै छ : प्रधानमन्त्री ओली

काठमाडौं, २८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगी प्रकरणमा राज्यले कसैलाई राजनीतिक प्रतिशोधका आधारमा कारबाही गरिरहेको भन्ने आरोपलाई अस्वीकार गर्दै त्यसप्रति कडा आपत्ति जनाएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो धारणा स्थापित गर्न खोजिनु “जबरजस्त गलत भाष्य” भएको टिप्पणी गरेका छन् ।