SHARE
बुटवल टुडे · बुधबार २८ साउन २०८२ ०९:३७ AM · 1 मिनेट पढाइ

फैसलामा हस्ताक्षर नगरेको भन्दै पूर्वप्रधानन्यायाधीश जबराविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं, २८ साउन । पहिलो प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतको फैसलामा हस्ताक्षर नगरेको भन्दै पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराविरुद्ध रिट निवेदन दर्ता गरिएको छ। अधिवक्ता यज्ञमणि न्यौपानेले फैसलाको पूर्णपाठ तयार भइसकेको र अन्य न्यायाधीशहरूले सही गरिसकेको अवस्थामा तत्कालीन प्रधानन्यायाधीश जबराले हस्ताक्षर नगरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।